लोकतन्त्रको मर्म अनुसार बजेट आएको अर्थमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

लोकतन्त्रको मर्म अनुसार बजेट आएको अर्थमन्त्रीकाे दाबी

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शीता गर्न कायम गर्न विलासिता कर लगाइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको दश लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा हटाइएको स्पष्ट पार्नुभएकाे हाे ।

मन्त्री पाैडेलले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको बजेट ल्याइएको समेत बताउनुभयो । उहाँले बजेट निर्माणका क्रममा ऋण लिने अभ्यास नेपाल मात्र नभई विश्वका धेरैजसो मुलुकहरूमा कायम रहेको उल्लेख गर्दै ऋण सीमा र दिगो व्यवस्थापनमा सरकार गम्भीर रहेको बताउनुभयो ।

मन्त्री पौडेलले लोकतन्त्रको मर्मअनुसार बजेट आएको दाबी गर्दै बजेटले मुलुकको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply