शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचना अनुकुल : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचना अनुकुल : शिक्षामन्त्री

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचनाअनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताउनुभएको हो ।

उहाँले संघीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्नसक्ने बताउनुभयो । उहाँले मन्त्रालयले स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकता र आवश्यकताको आधारमा गरेको जिकिर गर्नुभयो।

उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या तथा नीति–निर्देशनको आधारमा तय गरिएको उल्लेख गर्दै कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता नगरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री पन्तले राज्यको स्रोत बढ्दै जाँदा शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply