काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभएकाे हाे ।
सांसद पाण्डेले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनुभयो । जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले संलग्नहरुले कारबाही भोग्नुपर्ने बताउनुभयो ।
सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनुभयो ।





