'कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र' | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

‘कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र’

काठमाडाैं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार बोल्दै उहाँले यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताउनुभएकाे हाे ।

उहाँले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताउनुभयो । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गर्नुभयो ।

सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार