काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा संचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताउनुभयो ।
उहाँका अनुसार ट्रमा अस्पतालमा हाल दुई बेडमध्ये दश वटा मात्रै आईसियु कक्ष सञ्चालनमा छन् । उहाँले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गर्नुभयो ।





