रारालाई लेक सिटीको रुपमा विकास गरौँ : सांसद जबरा | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

रारालाई लेक सिटीको रुपमा विकास गरौँ : सांसद जबरा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।बुधबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो ।

उहाँले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गर्नुभयो । उहाँले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताउनुभयो ।

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउन सके अन्य देशहरुलाई हेर्न नपर्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार