काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल भएको हाे ।
उहाँले यो देशको सबैभन्दा पुरानो मध्येको कानून भएको बताउनु भयो । चाँडोभन्दा चाँडो यसै अधिवेशनमा प्रस्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री लेखकले प्रहरीका जवानहरुलाई तल्लो स्तरका नभनिकन आधारभुत तहका भन्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको बताउनुभयो । सरकार कानून राम्रो बनाएर निष्कर्षमा पुर्याउन तत्पर रहेको बताउनुभयो ।





