रास्वपाद्वारा सरकारविरूद्ध १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

रास्वपाद्वारा सरकारविरूद्ध १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।

शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।

Leave a Reply