काठमाडाैं । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो ।
सांसद गिरीले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्न राजनीतिक तहबाट वातावरण नबनेको उहाँको टिप्पणी छ । राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन दबाबमा रहेको कारण अपराध अनुसन्धान र शान्ति सुरक्षामा बाधा पुगेको सांसद गिरीको भनाइ छ ।
उहाँले प्रहरी संगठन सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो ।अब बन्ने ऐनले राजनीतिक पहुँच बिना पनि प्रहरी अधिकृतहरूको सरुवा र बढुवा पारदर्शी ढंगले हुने प्रावधान राख्नुपर्नेमा उहाँकाे जाेड छ।
उहाँले बन्दै गरेको ऐनले प्रहरी अधिकारीले बढुवा हुनको लागि नेताको घर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।





