काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको स्राेत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभएको हो ।
पूर्वअर्थमन्त्री पाण्डेले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने उहाँका दाबी छ । उहाँले उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजी गर्न जरुरी रहेको बताउनुभयो ।





