मिना कटुवाल
काठमाडौं, २१ माघ । आवश्यक पोहोर नपाउँदा काठमाडौंको टेकुमा जडान गरिएको बायो ग्यास प्लान्टबाट क्षमता अनुसारको विजुली उत्पादन हुन सकेको छैन । दैनिक तीन टन फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन क्षमता भए पनि एक टन मात्र फोहोर संकलन हुनेगरेको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
काठमाडौंमा फोहोरको कमी छैन् । काठमाडौंबाट मात्र दैनिक पाँच सय टन फोहोर उत्पादन हुन्छ । तर त्यसबाट दैनिक तीन टन सड्ने फोहोर संकलन गर्न नसक्दा टेकुमा फोहोरबाट विजुली उत्पादन गर्न जडान गरिएको वायो ग्यास प्लान्टबाट क्षमता अनुसारको उत्पादन गर्न सकिएको छैन । हाल महानगरपालिकाकाले प्लान्टमा दैनिक एक टन मात्र फहोर उपलब्ध गराउँदै आएको छ । प्लान्टबाट १४ किलोवाट विद्युत उत्पादन हुने क्षमता भए पनि आवश्यक फोहोर नहुँदा क्षमता अनुसार उत्पादन गर्न नसकिएको वातावरण विभागले जनाएको छ ।
दुई करोडको लगानीमा जडान गरिएको प्लान्टमा हाल चार जना कर्मचारी कार्यरत छन् । तर फोहोरको अभावमा लागत अनुसारको प्रतिफल भने आउनसकेको छैन । काठमाडौं उपत्यकाबाट ठूलो परिणाममा फोहोर उत्पादन हुने भए पनि महानगरपालिकाले सड्ने र नसड्ने फोहोर छान्न अल्छी गर्दा प्लान्टमा फहोर अभाव भएको हो ।
हाल प्लान्टबाट उत्पादित सिमित विद्युत टेकु स्थित फोहोर ट्रान्स्पोटेसन क्षेत्रमा मात्र प्रयोग गरिएको छ । यदी काठमाडौंबाट संकलन हुने सबै फोहोरबाट सड्ने फोहोर छानेर विद्युत उत्पादन गरिने हो भने ठूलो परिणाममा विद्युत उत्पादन गर्न सकिन्छ । तर सम्बन्धित निकायको देखाउनका लागिमात्र काम गर्ने प्रवितिले जडान गरिएको एउटा उपकरणबाट पनि क्षमताअनुसारको उत्पादन गर्न सकिएको छैन ।