भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।

मन्त्री राणाले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गर्नुभयो ।

 

Leave a Reply