दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

nepali cheli

काठमाडौं, ७ कात्तिक । आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । २१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । आजको कान्तिपुरले पृष्ठ ३ मा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);