अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

yuwa

काठमाडौं, २७ कात्तिक । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।

व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ ।

मानव तस्कर गिरोहले नेपालबाट भियतनाममा २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना , दुबईमा ४५ दिन र अजरबैजानमा २० राखेको खुलेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);