अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौमा बन्धक बनाएर परिवारबाट रकम ठग्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौमा बन्धक बनाएर परिवारबाट रकम ठग्दै

काठमाडौं,४ फागुन । अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई काठमाण्डौमा बन्धक बनाउने आठ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडांैले बिहीबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न आठ जना भारतीयलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इन्दु सिंह यादव, निपुन गुप्ता,चरणजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मा छन् । उनिहरुले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देशमा पठाउने भनी नेपाली भूमि प्रयोग गरेर बन्धक बनाउने गरेको प्रहरीले जनाएको छ ।

यिनीहरूले मेक्सिकोको भाषा, समय, संस्कृति, सङ्गीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण बन्धक बनाएकै घरमा सृजना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर अमेरिकासम्म पुग्न लाग्ने खर्च भारतीय रुपैयाँ ४० लाख वा त्योभन्दा बढी रकम भारतमा रहेको एजेन्टहरूको हातमा जम्मा गर्न लगाउने गरेका अनुसन्धानबाट खुलेको छ । उनिहरुको साथबाट विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, मेक्सिको र ब्राजिलको समय निर्धारण गरिएको घडी, विभिन्न देशका मुद्रा, शारीरिक यातना दिन प्रयोग हुने पाइपलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बन्धक बनाउने समूहलाई पक्राउ गर्न चलाएको अपरेशन डंकीबाट यो प्रकरण खुलेको हो । बन्धक बनाइएका ११ जनाको काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

Leave a Reply

ताजा समाचार