जेठ २९ बिहिबार ।
कांग्रेस पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि कालो मोसो दलेका छन ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले थारुमाथि बिहीबार अदालतमै कालोमोसो दलेका हुन् । दुर्व्यवहारमा संलग्न नेकपा बहुमतका ३ जना कार्यकर्ता पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् ।
थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।




