सर्वसाधारणलाई सेवा दिन आज काठमाण्डौ उपत्यकामा नेपाल प्रहरीद्धारा निःशुल्क बस सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

सर्वसाधारणलाई सेवा दिन आज काठमाण्डौ उपत्यकामा नेपाल प्रहरीद्धारा निःशुल्क बस सञ्चालन

२०८२,२,१९

व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाण्डौ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ । नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ ।

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

Leave a Reply

ताजा समाचार