पाकिस्तानमा भारतको सैन्य कारबाही खेदजनक र दुर्भाग्यपूर्ण ः चीन | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

पाकिस्तानमा भारतको सैन्य कारबाही खेदजनक र दुर्भाग्यपूर्ण ः चीन

२०८२,१,२४

भारतले पाकिस्तानमा गरेको आक्रमणप्रति चीनले पनि प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै यो दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । भारत र पाकिस्तान दुवै एकअर्काका छिमेकी हुँदा चीन पनि छिमेकी भएकाले अहिलेको परिस्थितिबारे आफूले चिन्ता गरेको र यो खेदजनक रहेको उहाँको भनाइ छ । आतङ्कवादका सबै प्रकारको विरोध गर्ने भन्दै चीनले दुवै पक्षलाई शान्ति र स्थिरतालाई प्राथमिकता दिन अपील गरेको छ । भारतीय सेनाले पाकिस्तानविरुद्ध शुरू गरेको अपरेशन सिन्दूरबारे विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले गएराति कश्मीरमा रहेका ९ क्षेत्रमा मिसाइल आक्रमण गरेको हो ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो ।

Leave a Reply