कुल बजार पुँजीकरण ५० अर्बले घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ कायम | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

कुल बजार पुँजीकरण ५० अर्बले घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ कायम

२०८१,१२,२९

गत साता २७ सय ३ अंकमा रहेको सेयर बजार यो साता १.२२ प्रतिशत घटेर २६ सय ७० मा कायम भयो ।सातामा चार दिन कारोबार भयो । पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार सोमबार ३३.३३ र मंगलबार ३.४४ अंक घट्यो । बुधबार ९.६६ अंक बढेको बजार बिहीबार पुन ५.५७ अंक घट्यो । समग्रमा साताभिर बढ्ने भन्दा घट्ने अंक ठूलो भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ३० करोड, बुधबार ४ अर्ब ४४ करोड र बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भयो । बजारलाई यो साता मुख्यतः तेस्रो त्रैमासको ब्याज तथा कर भुक्तानी र विभिन्न पक्षबाट भएका आन्दोलनले पनि प्रभाव पारेको बताईएको छ । गतत साता दैनिक औषत १६ अर्ब ६६ करोडको शेयर किनबेच भएको बजारमा यस साता दैनिक औसतमा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण ५० अर्बले घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);