२०८१,१२,२५
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अन्तर्गत शपथ खाएर संविधान मान्दिनँ भन्नुु इमानदारिताको खडेरीपन हुने बताएका छन्। फरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलड’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुु भएको हो । प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउन भरपुुर प्रयास गरिरहेको बताएका छन ।कार्यक्रममा उहाले आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबारे दायित्व निर्वाह गर्न लागेको बताएका छन । बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमीकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उहाको भनाई छ ।
हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्ने फरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले बताएका छन ।