चैत २५ सोमबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।
सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा लामिछाने जेल चलान भएका हुन।प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरीले जानकारी दिएको छ ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पुर्याइएको थियो ।
लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।सुप्रिम सहकारी ठगी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशी पनि पुर्पक्षका लागि भैरहवा कारागारमै छन् ।





