विश्व अटिजम जागरुकता दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

विश्व अटिजम जागरुकता दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

२०८१,१२,२०

आज अप्रिल २ तारिख, विश्व अटिजम जागरुकता दिवस नेपालमा पनि अटिजमको अवस्था र सुधारबारे विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।दिवसको अवसरमा विश्वभर अप्रिल महिनामा अटिजमबारेको सचेतना र बालबालिकाको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गर्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय विश्वमै अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ । नेपालमा यकिन तथ्याङ्क नभए पनि राष्ट्रिय जनगणना ०७८ अनुसार चार हजार आठ सय ४६ जना अटिजम भएका बच्चा छन् । तर यो सङ्ख्या निकै कम भएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

विश्वमा भने यसको सङ्ख्या साढे दुईदेखि तीन लाखसम्म रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । अटिजम जन्मजात बच्चाको मस्तिष्कमा आउने अवस्था भएकाले उनीहरुको उमेरअनुसार सञ्चार र व्यवहारको विकास हुँदैन । त्यसैले बच्चामा अटिजमको पहिचान हुनासाथ थेरापी आवश्यक पर्ने विज्ञहरु बताउँछन् । सामान्यदेखि जटिल अवस्थाकालाई थेरापी दिन सकेमा जटिलता कम हुँदै जाने अकुपेशनल थेरापिस्ट गंगा गुरुङले बताउनुभयो ।

उहाँले सामान्य अटिजम भएकालाई पढ्ने, सिक्ने वातावरण भयो भने उनीहरुको अवस्थामा छिटै सुधार हुने भएकाले उनीहरुलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्ने बताउनुभयो । तर अभिभावकले अटिजम भएका आफ्ना बालबालिकालाई समाजले हेलाको दृष्टिकोणले हेर्ने र विद्यालयसमेतले भर्ना लिनै नमान्ने, थेरापी सेन्टरहरू पनि महंगो हुनेजस्ता गुनासो गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);