राजावादीको गतिविधि कायम रहे प्रतिरोध गर्ने ६ युवा सङ्गठनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८१, शनिबार

राजावादीको गतिविधि कायम रहे प्रतिरोध गर्ने ६ युवा सङ्गठनको चेतावनी

२०८१,१२,१६

विभिन्न ६ राजनीतिक दलका युवा सङ्गठनहरूले राजावादी गतिविधि कायम रहे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सत्तापक्ष र प्रतिपक्ष दल निकट नेपाल तरुणदल, राष्ट्रिय युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट नेपाल, युवा सङ्घ नेपाल, युवा सङ्गठन नेपाल र नेपाल समाजवादी युवा सङ्घले संयुक्त विज्ञप्ति निकालेर ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ’ कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वको समूहले काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा उदण्डता, अराजकता र हिंसा गरेका उनीहरुको आरोप छ । ६ युवा सङ्गठनले संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशिघ्र कानूनी दायरामा ल्याउनसमेत माग गरेका छन् ।

लोकतान्त्रिक प्रणालीलाई अझै सम्बद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन उनीहरुले नागरिकसँग अपिल पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);