फागुन १२ मंगलबार ।
नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि प्राधिकरणबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि जनआक्रोश बढेकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको अनुमान छ। घिसिङलाई हटाएको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन हुन थालेको छ।