चैत ५ मंगलबार ।
राजश्व छली गरी विभिन्न देशका मुद्राहरु अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित प्रहरीले करिव २५ करोड रुपैयाँ बराबरको विदेृशी मुद्रा बरामद गरेको हो ।
अमेरिकी डलर, युरो लगायतको मुद्राहरु रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताउनु भयो ।
पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ ।
४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको बताउनु भयो । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।०००