फागुन २३ शुत्रबार ।
उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ ।
गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।
हिजो बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।




