झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

फागुन १५ बिहिबार ।
वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएका छन् ।गएको आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा वीरगञ्ज नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

देशभर रहेका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।

Leave a Reply

ताजा समाचार