जलविद्युतको आईपीओ निष्कासन रोक्नु हुँदैन : कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

जलविद्युतको आईपीओ निष्कासन रोक्नु हुँदैन : कुलमान घिसिङ

फागुन ०६ मंगलबार ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताउँछन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयमा आईपीओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नु पर्ने बताए।
विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद विक्री सम्झौता पीपीए गरेको बताएका छन्।

हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँद ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।२८ हजार ५०० मेगावाट विद्युत पुर्‍याउनको लागि विद्युत प्राधिकरणले अझे पीपीए खोल्ने पक्षमा रहेको बताए।हाल पीपीए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पीपीए गरी निर्माण नगर्ने तर नयाँ पीपीए गर्नुपर्ने माग राख्नु कति उचित हो ।

प्राधिकरणसँग पीपीए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रसबोर्डर प्रसारण लाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।नेपाल विद्युत प्राधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताए।

Leave a Reply

ताजा समाचार