अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो होइन, वामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो होइन, वामदेव गौतम

२०८१,१०,२०

राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो विषय नभएको बताएका छन्। उनले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन्। आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यादेश मुख्यतः सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए। उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्ने बताए।

उनले अध्यादेश जारी गर्न कुनै बार, बन्देज नरहे पनि यो नानीबाबुहरूले घरपुतली खेले जस्तो विषय नभएको बताए। उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए। उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);