काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन,पर्यटकीय क्षेत्रमा जान रोक | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन,पर्यटकीय क्षेत्रमा जान रोक

माघ ११ शुक्रबार

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला सम्पूर्ण निकायबाट जनशक्ति परिचालन भएका छन् ।

बेथानचोक र महाभारत गाउँपालिकाको सीमामा पर्ने खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा लगेको आगो निभाउन सुरक्षाकर्मी, स्थानियवासीसहित डिभिजन वन कार्यालय धुलिखेलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।यस्तै अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगोलाई आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि गृह मन्त्रालयसँग थप समन्वय गरी आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);