सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड

माघ १० बिहिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।प्रचण्डले आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ गलत भएको दाबी गरे । यो सरकार बन्ने बेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा रहेको उनको आरोप छ ।

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले दाबी गरे । देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र उकुसमुकुस रहेको बताए । सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको टिप्पणी गरे । सदनमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुको सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रिपरिषद्‌बाट नमिल्ने काम गरेको प्रचण्डको भनाइ छ ।

सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको उनले बताए । अब विपक्षी दलहरूले सदनमा जनताका एजेन्डा प्रभावकारी रूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने अध्यक्ष प्रचण्डको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);