अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चस्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चस्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल

२०८१,९,२६

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन्।शुक्रवार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरे।

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए। आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताए।

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए। उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए।

Leave a Reply