पुरातात्विक सम्पदाको पुनर्निर्माण परम्परागत शैलीमा हुनुपर्ने सरोकारवालाहरुले जोड | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

पुरातात्विक सम्पदाको पुनर्निर्माण परम्परागत शैलीमा हुनुपर्ने सरोकारवालाहरुले जोड

basanta durbar square

काठमाडौं, १७ माघ । सरोकारवालाहरुले विश्व सम्पदा सूचिमा सूचिकृत पुरातात्विक सम्पदाको पुनर्निर्माण परम्परागत शैलीमा हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमका सहभागीहरुले परातात्विक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा सम्बन्धित निकाय सचेत नभएको आरोप लगाए । उनीहरुले यस्ता संरचनाको पुनर्निर्माण गर्दा एतिहासिक र पुतात्विक महत्वका आधारमा परम्परागत शैली अपनाउनुपर्नेमा जोड दिए ।

कतिपय सम्पदाको पुनर्निर्माण मापदण्ड विपरित गर्ने प्रयास भइरहेको भन्दै उनीहरुले त्यसको छानविन गर्न मागसमेत गरे । ऐतिहासिक सम्पदाहरु पुर्खाको देन भएकाले त्यसलाई जोगाउनु सबैको कर्तव्य भएको उनीहरुको भनाइ छ ।

ताजा समाचार