कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै

पौष १७ बुधबार
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएका थिए। वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए ।

वनमा दाउरा काट्न जानुभएकी लिम्बू बेलुकीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला पर्नुभएको प्रहरी प्रमुख खत्रीले बताए।नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीयवासी रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए ।

उनले हात्तीको त्रासका कारण यहाँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे।दुई हप्ताअघि सुन्दरहरैँचा–७ को सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

उनले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गर्नुभयो ।जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीयवासी बताउँछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);