२०८१,९,१७
जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषी देशको सम्पत्ति भएको बताएका छन्।बुधवार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धेरै वेशभूषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आ(आफ्नो पोशाक लगाई पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए।
राउतले भने, ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजाति, भाषाभाषी, वेशभूषा भएका मानिसहरू छन्। हाम्रा लागि त्यो कमजोरी होइन। यो हाम्रो सम्पत्ति हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ। आज कुनै एकल जातजातिको मात्रै वेशभूषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक वेशभूषा लगाउने हो।’
राष्ट्रिय धोती दिवसको अवसरमा मधेशी समुदायका नागरिक धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरूले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लाकार्डसहित प्रदर्शन गरेका थिए।