पौष १५, सोमबार
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न पहिरसहित संस्कृति दर्शाइएको थियो । तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ