राति पनि चिडियाखाना सञ्चालन गरौँ, मेयर चिरीबाबु | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

राति पनि चिडियाखाना सञ्चालन गरौँ, मेयर चिरीबाबु

२०८१,९,१४

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्नुपर्ने माग गरेका छन्। यसका लागि महानगर लगानी गर्न तयार रहेको उनले बताएका छन्।८आइतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू प्रमुख भएर आएपछि चिडियाखानासँग सम्बन्धित प्रतिबद्धता सबै पूरा गरेको दाबी गरे।

उनले सदर चिडियाखानालाई रात्रिकालीन रूपमा चलाउन सम्भव भएरनभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह गरे। उनले ललितपुर महानगरमा रात्रिकालीन क्रियाकलाप सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालीन क्रियाकलापको थालनी गर्नुपर्ने बताए।उनले भने, ‘म मेयर भइसकेपछि प्रतिबद्धता व्यक्त गरेका कुरा पूरा भइसकेका छन्। हामीले बोलेका सबै काम पूरा भएका छन्। तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न। विदेशतिर रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ। रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ।’

उनले वन्यजन्तु संरक्षणका लागि सबैले आ(आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);