१९ वर्षमूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

१९ वर्षमूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

२०८१,७,२२

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् ।

नेपालले पर्सि शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग,कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष मलेसियामा हुने महिला विश्वकपमा छनोट हुनेछ ।

Leave a Reply