कात्तिक नाच आजदेखि | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

कात्तिक नाच आजदेखि

२०८१,०७,२१
तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच आजदेखि शुरू हुँदैछ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । नेपाल संवत् ७६१ अर्थात् वि।सं।१६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।

यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच शुरूमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’थपेर यसलाई १५ दिन पुर्‍याए भनिन्छ । अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ ।
यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको अध्यक्ष चित्रकारले बताउनुभयो । कात्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ ।यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ ।

जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको चित्रकारले बताउनुभयो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाच प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);