भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली

कार्तिक १७

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताउनुभएको छ ।शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताउनु भयो ।

उहाँले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताएनु भयो । उहाँले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने बताउनु भयो ।प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताउनु भयो ।

Leave a Reply