टर्किएको घर विक्री नयाँ उचाईमा, सेप्टेम्बरमा ३७.३ प्रतिशत बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

टर्किएको घर विक्री नयाँ उचाईमा, सेप्टेम्बरमा ३७.३ प्रतिशत बढ्यो

कार्तिक २,  शुक्रबार

बिहीवार जारी आधिकारिक तथ्याङ्कअनुसार टर्कीमा घर विक्री सेप्टेम्बरमा यस वर्षको लागि नयाँ उचाईमा पुगेको छ । लगभग १ लाख ४१ वटा घरहरु विक्री भएका छन् । टर्की तथ्याङ्क संस्थानले १ लाख ४० हजार ९१९ घर विक्री भएको जनाएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा ३७.३ –प्रतिशतले बढेको छ । यो संख्या गत वर्ष डिसेम्बरयताकै उच्च विक्री स्तर हो । इस्तानबुलले २१ हजार ३१४ इकाइमा सबैभन्दा धेरै घर विक्रीको साथ देशको नेतृत्व गरेको छ । त्यसपछि राजधानी अंकारा १३ हजार २०५ इकाइहरूका साथ र इजियन शहर इज्मिर ७ हजार ६१२ इकाइहरूको साथमा रहेको छ ।

अधिकारीहरूले एक वर्षअघि घरपरिवारलाई बोझ पार्ने निरन्तर मुद्रास्फीतिसँग जुध्न आक्रामक मौद्रिक कडाइ लागू गरेपछि टर्किएको आवास बजार संघर्षरत थियो । मोर्टगेजमा आधारित विक्रीले सेप्टेम्बरमा ८७.४ प्रतिशत वर्ष–दर–वर्षको उल्लेखनीय वृद्धि भएको छ । समग्रमा वर्षको पहिलो नौ महिनामा टर्किएको घर विक्री ५.२ प्रतिशतले बढेर ९ लाख ४७ हजार २३६ युनिट पुगेको छ ।

Leave a Reply

ताजा समाचार