पूर्वाधार विकास समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

पूर्वाधार विकास समितिको बैठक बस्दै

२०८१,६,१८
संसद्को पूर्वाधार विकास समितिको बैठक शुक्रबार बस्दैछ। बिहान ११ बजे पूर्वाधार विकास समितिको हल सिंहदरबारमा बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिका सम्बन्धमा छलफल हुनेछ।

गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी राष्ट्रिय राजमार्गहरूका साथै २६ वटा ठूला जलविद्युत् आयोजनामा क्षति भएको छ। भत्किएका सडक र पुलको पुनस् स्थापना गर्न मात्रै २५ अर्ब लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अवरुद्ध ३४ मध्ये २९ वटा राजमार्ग सञ्चालनमा आइसकेका छन्। बीपी राजमार्ग, कान्तिराजपथ लगायतका मुख्य ५ राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा चार अर्ब ३५ करोड बराबरको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ।

विपद्का समयमा मिनि संसद्को सुस्ततालाई लिएर आलोचना भइरहेका बेला आज पूर्वाधार विकास समितिकोे बैठक बस्न लागेको हो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);