भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

२०८१,०६,११
पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए ।बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);