पर्सा प्रहरीद्वारा ५८ लाख ८६ हजार रुपैयाँ बराबरको कस्मेटिक लगायतका सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

पर्सा प्रहरीद्वारा ५८ लाख ८६ हजार रुपैयाँ बराबरको कस्मेटिक लगायतका सामान बरामद

२०८१,६,८

पर्सा प्रहरीले ५८ लाख रुपैयाँभन्दा धेरैको अवैध रूपमा ल्याइएको कस्मेटिक लगायतका सामान बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका–२५ आईसीपी चोकबाट बा ३ ख ९८४५ नम्बरको ट्रकमा लोड गरिराखेको ५८ लाख ८६ हजार ३० रुपैयाँ बराबरको कस्मेटिक लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकाले राजस्व छलीको अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply