प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

२०८१,५,३१

संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

२०१७ चैत ६ मा उदयपुरमा जन्मिएका राउतले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उनले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनेछन् ।राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् ।

 

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);