ट्रम्पको आरोप ः कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

ट्रम्पको आरोप ः कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे

२०८१,५,२६

अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् ।

ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ यिनी मार्क्सवादी नै हुन्,’ ट्रम्पले प्रत्यक्ष बहसका क्रममा सामुन्नेमा रहेकी डेमोक्रयाट उम्मेदवार तथा हालकी उपराष्ट्रपति ह्यारिसबारे आरोप लगाए ।

ट्रम्पले अघि भने, ‘यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् ।’पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगाएको आरोपमा ह्यारिसले भने आफू पुँजीवादकै समर्थक भएको बताइरहिन् ।

आफ्ना पिता मार्क्सवादी बौद्धिक भए पनि आफूले हालको अमेरिकी बाटो नै पछ्याउने ह्यारिसको भनाइ थियो । ‘म पुँजीवादकै समर्थन गर्छु, ममाथि यिनले लगाएको यो आरोप बेकार हो,’ ह्यारिसले भनिन् ।ट्रम्पले ह्यारिसले इजरायललाई घृणा गर्ने गरेको र अमेरिकालाई भेनेजुयला बनाउन लागेको आरोपसमेत लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);