कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री

भदौ २२, २०८१ काठमाडौं ||
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनु भयो । उहाँले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताउनु भयो । उहाँले नियोजित र प्रायोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);