काठमाडौं, १६ माघ । नेकपा एमालेले प्रदेशका मुख्यमन्त्रीको उम्मेदवारका विषयमा छलफलका लागि पार्टीको स्थायी समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट माधव नेपाल पक्षका धेरै नेताले मुख्यमन्त्रीमा दाबी गरेपछि मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाउन बैठक बोलाइएको हो ।
बैठक अहिले केहीबेरमा पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुँदै छ । बैठकमा मुख्यमन्त्रीका उम्मेदवारको मापदण्डबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेका उम्मेदवार मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ ।