बेकह्यामले अमेरिकामा खोले व्यवसायिक फुटबल क्लब | ईमाउण्टेन समाचार

Our Network

पुष १८ २०८१, बिहीबार

बेकह्यामले अमेरिकामा खोले व्यवसायिक फुटबल क्लब

एजेन्सी, १६ माघ । इङ्लिस फुटबल स्टार डेभिड बेकह्यामले अमेरिकामा फुटबल क्लब स्थापना गरेका छन् । इंग्ल्याण्डका पूर्व कप्तान समेत रहेका बेकह्यामले अमेरिकाको मायामीमा क्लब स्थापना गरेका हुन् ।

बेकह्यामले फ्लोरिडाको मायामीमा क्लब स्थापना गरेका हुन् । सन् २००७ देखि अमेरिकाको एलए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेलेका बेकह्यामले श्रीमती एवं स्पाईस गल्र्सकी पूर्व गायिका भिक्टोरिया र चार सन्तानको उपस्थितिमा क्लबको घोषणा गरेका हुन् । तर क्लबको नाम भने सार्वजनिक गरिएको छैन ।

क्लब घोषणाका अवसरमा सेरेना विलियम्स, युजेन बोल्ट, टम ब्राडी लगायत खेलाडी तथा विल स्मिथ, जे जेड, जेनिफर लोपेज लगायत सेलीब्रेटीे उपस्थित थिए । बेकह्यामले लामो समयदेखि अमेरिकामा आफ्नै लगानीमा फुटबल क्लब स्थापना गर्ने बताउँदै आएका थिए । क्लबले अमेरिकी शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकरमा स्थान पाउनेछ ।

यसका लागि मेजर लिग सकरका कमिश्नर डन गार्बरले सहमति दिइसकेका छन् । अमेरिकाको मेजर लिग सकरमा हाल २३ टोली सहभागी छन् । क्लबले मायामीमै रहेको २५ हजार दर्शक क्षमताको रंगशालामा होम म्याचहरु खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);