गंगालाल अस्पतालका २२ वर्ष : १४ लाख ४० हजारले लिए सेवा | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

गंगालाल अस्पतालका २२ वर्ष : १४ लाख ४० हजारले लिए सेवा

gangalal hospital

काठमाडौं,१६ माघ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र २२ वर्षमा प्रवेश गरेको छ । २२ वर्षको दौरानमा केन्द्रले १४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार अस्पतालले स्थापनाकालयता २० हजार बिरामीको मुटुको शल्यक्रिया गरेको छ ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको २२औँ वार्षिक कार्यक्रमका अवसरमा शर्माले विविध समस्याका बाबजुद केन्द्रले अन्तर्राष्ट्रियस्तरको सेवा दिएको दाबी गरे । अस्पताललाई व्यवस्थित गर्नका लागि थप जनशक्ति आवश्यक रहेको उनले बताए । केन्द्रलाई प्रतिष्ठानको रूपमा विकास गर्न सकेको खण्डमा समस्या हल भएर जाने उनको भनाइ छ ।

२०५२ सालमा नौ शैयाबाट सेवा सुरु गरेको केन्द्रले हाल दुई सय शैया सञ्चालन गरिरहेको छ । समयको अन्तरालसँगै गंगालाल अस्पताल मुटुरोगको अन्तर्राष्ट्रियस्तरको सेवाप्रवाहमा पुगेको पनि शर्माले बताए । उनका अनुसार अहिलेसम्म १४ लाख ४० हजारले अस्पतालको सेवा लिइसकेका छन् ।

सेवा विकेन्द्रीकरण आवश्यक स्वास्थ्यमन्त्री
स्वास्थ्यमन्त्री दीपक बोहराले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवाविस्तार आजको आवश्यकता रहेको औँल्याए । ‘हामी संघीय संरचनामा गएका छौँ,’ उनले भने, ‘अब केन्द्र काठमाडौंमा मात्रै नभई यसको सेवा हरेक प्रदेशमा पुग्नु जरुरी छ ।’ उनले मुटुरोग भन्नासाथ गंगालाल अस्पताललाई सम्झने भएकाले केन्द्रीयस्तरको सेवा विस्तार गर्न आवश्यक रहेको बताए।

स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले स्थानीय तहमा स्वास्थ्य सेवा दिनु चुनौतीको विषय भएको बताइन् । ‘स्वास्थ्यमा लगानी कम छ, सेवाविस्तार धमाधम भएको छ, यस्तो अवस्थामा सेवा दिनु परको कुरा हो,’ सचिव चौधरीले भनिन् । स्वास्थ्यको भूमिका राम्रोसँग नबुझी स्थानीय तहमा कर्मचारी पठाएको उनको गुनासो छ । सरकारले प्रदेशमा स्वास्थ्य मन्त्रालय नरहने बताएपछि सचिव चौधरीले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

बिरामीलाई दिएको सेवा
केन्द्रले गत वर्ष १ लाख ५३ हजार ४ सय ६२ बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरेको जनाएको छ । १४ हजारको ओपन हार्ट सर्जरी गरेको छ । केन्द्रका निर्देशक शर्माका अनुसार गत वर्षदेखि अस्पतालमा तीनवटा अत्याधुनिक मडुलर अप्रेसन थिएटर तथा २६ शैयाको सर्जिकल आइसियु सञ्चालनमा आएसँगै उल्लेखनीय रूपमा सेवा वृद्धि भएको हो । केन्द्रमा मुटुको चाल गडबडी भएका बिरामीलाई अत्याधुनिक ‘थ्री डी म्यापिङ’ पद्धतिबाट गत वर्षदेखि सेवा प्रदान गर्न थालेपछि जस्तोसुकै मुटुको चाल गडबडीसम्बन्धी रोगको निदान तथा उपचार सम्भाव भएको छ ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);